Logo
Logo

माइतीघरमा बालेनविरुद्ध प्रदर्शनको तयारी


1.9k
Shares

काठमाडौं । उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध  धर्ना एवं प्रदर्शन गर्ने भएको छ ।

काठमाडौंको माइतीघर मण्डलामा १५ माघमा मेयर बालेनविरुद्ध प्रदर्शन र धर्ना हुन लागेको समितिका संयोजक सुमन सायमीले जानकारी दिए ।

बालेनका कारण काठमाडौंबासी त्रासमा रहेको भन्दै उनीविरुद्ध धर्नाको तयारी गरिएको सायमीले जानकारी दिए । बालेन साह स्वेच्छाचारी एवै निरंकुश बन्दै गएका कारण उनी विरुद्ध आन्दोलनको तयारी गरिएको समितिले जनाएको छ ।

संविधानले सुरक्षित गरेको सम्पत्ति सम्बन्धी मौलिक हकको बेवास्ता गर्दै जनताको निजी घर भत्काउने कार्य गरेको, कथित विकासको नाममा अध्ययन र योजनाबिना डोजर आतंक फैलाएर आदिवासीको भूमि अतिक्रमण गरेको उनीहरूले आरोप लगाएको छ । 

प्रतिक्रिया दिनुहोस्