Logo
Logo

पिएसजीको जितमा एम्बाप्पेको पाँच गोल



काठाडौं । फ्रेन्च कपअन्तर्गत पेस डे कासलमाथि पेरिस सेन्ट जर्मन (पिएसजी) ले सानदार जित निकालेको छ । सोमबार राति प्यास डि कासलेनको मैदानमा सम्पन्न खेलमा पिएजसजीले ७-० को जित निकालेको हो ।

खेलको २९ औं मिनेटमा पहिलो गोल गरेका युवा फरवार्ड केलियन एम्बाप्पेले नै खेलमो पाँच गोल गरे । उनले पहिलो हाफका ३४ औं र ४० औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए । पहिलो हाफमा नेयमार जुनियरले पनि खेलको ३३औं मिनेटमा गोल गरेका थिए।

यो समयमा भने पिएसजीले दुई मिनेटमा दुई गोल गरेको थियो । त्यस्तै एम्बाप्पेले बाँकी दुई गोल भने खेलको ५६ र ७९ औं मिनेटमा गरेका थिए । खेलको ६४औं मिनेटमा सोलरले पनि गोल थपेपछि पिएसजीले जित निकालेको हो ।

साथै यो खेलपछि फ्रेन्च कपको राउन्ड अफ ३२ का खेल सकिएका छन्। पिएसजीले अब राउन्ड अफ १६ अन्तर्गत फेब्रुअरी ८ तारिखमा उसले मार्सेसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्