Logo
Logo

साउदीले दुई लाख श्रीलंकालीलाई रोजगारी दिने



एजेन्सी । सोउदी अरेबियाले सन् २०२३ मा दुई लाख श्रीलंकाकका नागरिकलाई रोजगार दिने भएको छ ।

श्रीलंकाका श्रम तथा वैदेशिक रोजगार मन्त्री मानुषा नानायकाराले आज साउदी अरेबियाले सन् २०२३ मा दुई लाख श्रीलंकाली कामदार लैजान इच्छुक रहेको जानकारी दिएका हुन् ।

मन्त्रीले सन् २०२२ मा साउदी अरेबियाले श्रीलंकाका लागि ५४ हजार रोजगारीको प्रस्ताव गरेको र सन् २०२२ मा तीन लाखभन्दा बढी श्रीलङ्कालीहरू वैदेशिक रोजगारीका लागि गएको र त्यसमा पनि अधिकांश मध्यपूर्वमा गएको बताए ।

श्रीलंकाका लागि वैदेशिक राजस्वको मुख्य स्रोत कामदारको रेमिट्यान्स हो । श्रीलंकाका आप्रवासी कामदारहरूले सन् २०२२ मा करिब ३.८ बिलियन अमेरिकी डलर पठाएको देशको केन्द्रीय बैङ्कको तथ्याङ्कले देखाएको छ।

प्रतिक्रिया दिनुहोस्