Logo
Logo

फ्रान्सको कार्ड प्रिन्टर नेपालमा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १३ असोज ।
बार कोड नेपाल इंक प्रालिले जिनियस ब्रान्डको कार्ड प्रिन्टर नेपाली बजारमा ल्याएको छ। बार कोड नेपाल इंक प्रालिबिश्व प्रसिद्ध कार्ड प्रिन्टर निर्माताइभोलिस फ्रान्सको नेपालको अधिकारिक बिक्रेता हो ।


बैंक, इन्सुरेन्स, अस्पताल, स्कुल, कलेजहरुलाई लक्षित गरी जिनियस कार्ड प्रिन्टर नेपालीबजारमाल्याएको कम्पनिले जनाएको छ । बैंकिंग कार्डहरुमाथर्मल माध्यमद्वारा कलर र मोनोक्रोममा प्रिन्ट गर्न सकिने कम्पनीको जानकारी दिएको छ ।
यो प्रिन्टर निर्माण गर्दा रिसाइकलगरिएकासामाग्रिको प्रयोग गरी प्रिन्टरको साइज सानो बनाइएको कारण बाताबरण मैत्रीभएको कम्पनीको भनाइ छ। सो प्रिन्टरबाट १ घन्टामा एक सय ५० रंगिन कार्ड र ५ सय मोनोक्रोम कार्ड तीन सय डिपीआइमा छाप्न सकिने कम्पनीले जानकारी दिएको छ ।
यसमा वित्तीय संस्थाहरुलाई आवश्यक पर्ने म्याग स्ट्रीप, कन्ट्याक्ट, कन्ट्याक्टलेस इन्कोडरहरु जडान गर्न मिल्ने बनाइएको छ। २ बर्ष वारेन्टी रहेको यस प्रिन्टरखरिद गरेको १ बर्षसम्म काठमाडौँ उपत्यकाभित्र जडान गरिएको स्थानमा टेक्निकल सपोर्ट उपलब्ध गराइने कम्पनीको जनाएको छ ।
फ्रान्समा बनेको यस प्रिन्टरको नेपालको लागि बिशेष मुल्य कायम गरिएको बार कोड नेपालले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्