Logo
Logo

इरानको सैनिक इलाकामा ड्रोन हमला



काठमाडौं । इरानको मध्य भागस्थित एउटा सैनिक इलाकामा विस्फोट भएको छ । इरानका सञ्चार माध्यमका अनुसार इस्फहान शहरमा रहेको सेनाको हतियार निर्माण गर्ने एउटा केन्द्रमा विस्फोट भएको हो ।

रक्षा मन्त्रालयले भने मानवरहित ड्रोन हमला भएको भन्दै यसलाई ‘नाकाम हमला’ भनेको छ । रक्षा मन्त्रालयले तीन वटा ड्रोनबाट आक्रमण भएको जनाएको छ । जसमध्येका दुई वटा ड्रोनलाई एअर डिफेन्स सिस्टमले ध्वस्त गरिदिएको छ भने दुई वटा ड्रोनलाई इराकी सुरक्षा अधिकारीले आफ्नो जालमा फसाएर ध्वस्त पारेको बताइएको छ ।

रक्षा मन्त्रालयले यसबाट एउटा वर्कशपको छतमा सामान्य क्षति पुगेको र कुनै पनि जनधनको क्षति नभएको जनाएको छ । परमाणु कार्यक्रम सञ्चालित इस्फहान शहरमा युरेनियम प्रशोधन केन्द्रसमेत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्