Logo
Logo

पाकिस्तानको मस्जिदमा भएको घातक हमालको चीनद्वारा निन्दा



एजेन्सी । पाकिस्तानको पेसेबारस्थित मस्जिदमा सोमबार भएको घातक हमालको चीनले निन्दा गरेको छ ।

विदेश मन्त्रालयका प्रवक्ता माओ निङले विज्ञप्ति जारी गर्दै उक्त हमलाको कडा शब्दमा निन्दा गर्दै यस घटनाबाट आफू स्तव्ध भएको बताएका छन् ।

प्रवक्ता माओले उक्त घटनामा परी निधन भएकाहरू प्रति गहिरो दुःख व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

उनले मृतक र घाइतेका आफन्तप्रति गहिरो समवेदना व्यक्त गर्दै चीन जुनसुकै प्रकारको आतङ्कवादको विरुद्धमा रहेको र आतङ्कवाद विरुद्धको लडाइमा पाकिस्तानको पक्षमा रहेको पनि बताएका छन् ।

सार्वजनिक गरिएको विवरण अनुसार सोमबार भएको सो आक्रमणमा ५९ जनाले ज्यान गुमाएका छन् भने १५७ जना घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्