Logo
Logo

घरको छाना खस्दा चार जनाको मृत्यु, १८ जना घाइते



एजेन्सी । अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तमा घरको छाना खस्दा चार जनाको मृत्यु हुनाका साथै अन्य १८ जना घाइते भएको प्रान्तीय प्रहरी प्रवक्ता मोहम्मद आसिफ वाजिरीले मङ्गलबार जानकारी दिएका छन् ।

चरकेन्ट जिल्लाको पहाडी कोरिक गाउँमा सोमबार अबेर राति भएको उक्त दुर्घटनामा दुई बालबालिकासहित एकै परिवारका चार जनाको मृत्यु भएको थियो भने महिला तथा बालबालिकासहित १८ जना घाइते भएका थिए ।

यस्तै घटनामा, पूर्वी कुनार प्रान्तको शिगल जिल्लामा आइतबार भारी हिमपातका कारण घरको छत भत्किँदा तीन बालबालिकाको मृत्यु भएको छ ।

सो दुर्घटनामा पीडितका आमाबाबु सहित छ जना घाइते भएको पनि प्रान्तीय सरकारी अधिकारी एहसानुल्लाह एहसानले उल्लेख गरेका छन् ।

युद्धग्रस्त अफगानिस्तानको ग्रामीण क्षेत्रमा प्रायः घरहरू माटोले बनेका हुन्छन् जुन भारी हिमपात, अविरल वर्षात् र अन्य यस्तै प्राकृतिक प्रकोपहरूको जोखिममा पर्ने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्