Logo
Logo

प्रकाशकाे ‘जङ्क्सन पिपलबाेट’ बजारमा



काठमाडौँ । कवि तथा लेखक प्रकाश गुरागाईंको गैरआख्यान पुस्तक ‘जङ्क्सन पिपलबोट’ सार्वजनिक भएको छ । शनिबार थापागाउँस्थित मण्डला थिएटरमा गुरागाईंको यो पहिलो गैरआख्यान सार्वजनिक भएको हाे ।

यसअघि कविता संग्रह ‘खुट्टामा श्रीपेच’ प्रकाशित गरेका गुरागाईंकाे ‘जङ्क्सन पिपलबोट’लाई कविद्वय पुरुषोत्तम सुवेदी र लक्ष्मी माली तथा मानवशास्त्री सुरेश ढकालले लोकार्पण गरेका थिए ।​

कार्यक्रममा बोल्दै टिप्पणीकारहरूले ‘जङ्क्सन पिपलबोट’ नयाँ सडकको इतिहासको महत्वपूर्ण दस्तावेज भएको बताएका थिए । उनीहरूले इतिहासलाई खोजेर पुस्तकका रूप दिन गरेको मेहनतका लागि लेखकलाई धन्यवाद समेत दिएका थिए ।

लेखक गुरागाईंले चार वर्षको मेहनतपछि पुस्तक तयार भएको जानकारी दिँदै वक्ताले औंल्याएका पुस्तकका कमीकमजोरी आगामी संस्करणमा सच्याउने प्रतिबद्धता पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्