Logo
Logo

ठूले राई आईजिपी भएको भए राजिनामा दिन्नथेः रमेश खरेल


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २६ असोज ।
नेपाल प्रहरीका पूर्व डिआईजी रमेश प्रसाद खरेलले प्रहरीमा कमाउनसक्नेहरु हावी हुँदै गएको बताएका छन् । इमान्दारहरु निराश भएको र कमाउन र बुझाउन सक्ने प्रहरीहरु बलियो हुँदै गएको उनले बताएका छन् ।


एक अन्र्तवार्तामा उनले प्रहरी संगठन कमजोर बन्दै गएको आरोप लगाएका छन् । पछिल्लो समय जवान समेत आफ्नो बढुवाका लागि नेताकोमा धाउनुपर्ने अवस्था सिर्जना भएको उनको भनाई छ ।
आफूलाई आईजिपी हुन दिनबाट रोक्नेहरुलाई पाप लाग्ने उनको भनाई छ । आफ्नो ब्याचमा ठूले राई इमान्दार प्रहरी अधिकृत भएको र यनी राई आईजिपी भएको अवस्थामा आफूले राजिनामा नदिने उनको भनाई छ । ‘१५ जनामध्ये ठूले राई आईजिपी भएको भए म राजिनामा दिन्नथें, मेरो नजरमा ठूले राई इमान्दार अफिसर हो,’ उनले भनेका छन् ।
सर्वेन्द्र खनाल आईजिपी भएपछि उनले डिआईजी पदबाट राजिनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्