Logo
Logo

मुख्य जुवाडे भगाएर जुवाखालमा प्रहरीको छापा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २७ असोज ।
मुख्य जुवाडेलाई भगाएर प्रहरीले काठमाडौंको एक जुवा अखडामा छापा हानेको छ । गोकर्णेश्वर नगरपालिका वडा नम्वर ९ आरुबारीस्थित नोर्बु लामाको घरमा जुवा खेलिरहेको अवस्थामा बौद्ध वृत्तले छापा हानेको थियो । जहाँ रहस्यमय तरिकाले मुख्य जुवाडे भाग्न सफल भएका थिए । अन्य २१ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
रमेश तामाङले सो घर भाडामा लिएर क्यासिनोकै शैलीमा जुवा खेलाउँदै आएका छन् । उनले स्थानीय प्रहरीलाई समेत मासिक बुझाउने गरेको स्रोत बताउँछ ।

सोही कारण केही घुमुवा प्रहरीले मुख्य जुवाडेलाई भगाएका थिए । भागेकाहरु लाखौं रुपैयाँ लिएर भागेका थिए । यद्यपी प्रहरीे १८ लाख रुपैयँ बराद गरेको छ। यसबाट पनि त्यहाँ दैनिक करिब करोडको खेल हुने गरेको प्रष्ट छ ।
पक्राउ परेका जुवाडेहरुको मुद्दा पनि एक साताभित्रै बुझाउन चलखेल सुरु भइसकेको छ । बौद्ध वृत्तका डिएसपी रमेशबहादुर सिंहसँग केही बिचौलियाहरुले यस्तो डिल गरिसकेका छन् । डिएसपी सिंह यसअघि पनि घुससहित रंगेहात पक्राउ परो प्रहरी अधिकृत हुन् । बौद्धका अन्य ठूला जुवाखालमा प्रहरीले संरक्षण दिदै आएको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्