Logo
Logo

‘भ्यालेन्टाइन डे’मा बसन्त चौधरीले प्रेमिल कविता सुनाउने



काठमाडौं । यो वर्षको ‘भ्यालेन्टाइन डे’को दिन व्यवसायी तथा कवि बसन्त चौधरीले प्रेमिल कविता सुनाउने भएका छन् ।

वर्षको भ्यालेन्टाइन डेको अवसरमा फेब्रुअरी १४ का दिन चौधरीको विशेष कविता वाचन कार्यक्रम तय भएको छ ।

‘कवितासँग वसन्त’ नाम दिइएको एकल कविता वाचनको थिम ‘लभ इज इन दि एयर’ राखिएको छ ।

फागुन २ गते दिउँसो ३ः४५ बजे काठमाण्डौको मण्डला थिएटरमा आयोजना हुने कार्यक्रममा कवि चौधरीले एकदर्जन बढी प्रेमिल कविताहरु प्रस्तुत गर्नेछन् ।

यसै दिन उनका दुईवटा पुस्तक ‘मेरा गीत’ (गीतहरुको संग्रह) र ‘जीवनमन्त्र–२’ (सुक्ति संग्रह) समेत लोकापर्ण हुने भएको छ ।

बसन्त चौधरी नेपाली साहित्यमा प्रेमसँग सम्बन्धित कविता तथा रचनाका गर्दै आएका कवि हुन् । उनले केही वर्षअघि नेपाली साहित्यको उन्नयनका लागि विश्व काव्ययात्राको आयोजना गरी विभिन्न देशमा पुगेर प्रेमिल कविताहरु प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्