Logo
Logo

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर


504
Shares

काठमाडौं । नेपाल राष्ट्र बैँकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । शुक्रबार अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ३२ पैसा तोकिएको छ । 

यस्तै, आज युरोपियन युरोमा एकको खरिददर १४१ रुपैयाँ ९४ पैसा र बिक्रीमा १४२ रुपैयाँ ४९ पैसा तोकेको छ । यता, आज अष्ट्रेलियन डलरको खरिदमूल्य ९१ रुपैयाँ ९७ पैसा र बिक्रीमूल्य ९२ रुपैयाँ ३९ पैसामा कारोबार भइरहेको छ । 

त्यस्तै, साउदी अरेवियन रियालको खरिददर ३४ रुपैयाँ ६० पैसा र बिक्रीदर ३४ रुपैयाँ ७६ पैसा तोकिएको छ । यता, कतारी रियालको खरिदमा ३५ रुपैयाँ १० पैसा र बिक्रीदर भने ३५ रुपैयाँ २६ पैसा र  मलेसियन रिंग्गेट एकको खरिद मूल्य ३० रुपैयाँ ५२ पैसा र बिक्रीमूल्य ३० रुपैयाँ ६६ पैसा  छ । 

साउथ कोरियन वन १०० को खरिदमा १० रुपैयाँ ४७ पैसा र बिक्रीमा १० रुपैयाँ ५२ पैसा ताेकिएकाे छ । यसैगरी हङकङ डलर एकको खरिदमा १६ रुपैयाँ ७८ पैसा र बिक्रीमा १६ रुपैयाँ ८६ पैसा रहेकाे छ । कुवेती दिनार एकको खरिददर ४३१ रुपैयाँ ४ पैसा र बिक्रीदर ४३३ रुपैयाँ र बहराइन दिनार एकको खरिदमा ३४९ रुपैयाँ ४७ पैसा र बिक्रीमा ३५१ रुपैयाँ ६ पैसा रहेकाे राष्ट्र बैंकले जनाएको छ।
 

प्रतिक्रिया दिनुहोस्