Logo
Logo

काठमाडौंका पाँच चोर प्रहरी फन्दामा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३० असोज ।
काठमाडौंमा पेशेवर रुपमा चोरी धन्दामा लागेका पाँच जना पत्राmउ परेका छन् । गत १५ असोजमा बुढानिलकण्ठ ९ एकता बस्ति स्थित सन्तोष रिमालले संचालन गरेको दुप्चेशर मोबाइल टि भि मर्मत तथा बिक्री केन्द्र को रातको समयमा सटर फोरेर चोरी गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

ताप्लेजुङ फुङलिङदोख घर भई कपन बस्ने बर्ष २० को योगेन्द्र मगर,जिल्ला उदयपुर रौतामाइ ५ घर भइ ललितपुर चोभार बस्ने बर्ष १६ को योजिस राई,सिन्धुपाल्चोक त्रिपुरासुन्दरी घर भइ कपन बस्ने बर्ष १६ को अमृत गुरुङ, रामेछाप चिलाउने घर भइ कपन बस्ने बर्ष १५ को बिशाल तामाङ र काभ्रेपलान्चोक काेलाती भुमिडाडा घर भइ कपन बस्ने बर्ष १५ को बिश्राम तामाङ लाई महानगरीय प्रहरी वृत महाराजगन्जको टोलि बुधबार पक्राउ गरेको हो । उनीहरुलाई कपनबाट पक्राउ गरिएको र १० वटा मोबाइल समेत बरामद भएको महराजगञ्ज वृत्तका डिएसपी उमेश लम्सालले बताए ।

प्रतिक्रिया दिनुहोस्