Logo
Logo

कर्णालीलाई समृद्ध बनाउन काम गर्छु : मुख्यमन्त्री शर्मा



फाइल तस्बिर

रुकुम । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली समृद्धिको बाटोमा रहेको बताएका छन् । कर्णालीलाई समृद्ध बनाउन निकै चुनौती भए पनि त्यो पूरा गरेरै छाड्ने उनले बताए ।

नेपाल पत्रकार महासंघ रुकुम पश्चिमले सदरमुकाम मुसिकोट खलङ्गामा आज आयोजना गरेको कार्यक्रममा उनले कर्णालीको मुख्य दुस्मन गरिबी रहेको र गरिबी निवारण सरकारको पहिलो प्राथमिकता रहेको बताए ।

आफूले पदभार ग्रहण गर्दा एक वर्षमा १० हजार बेरोजगारलाई रोजगारी दिने निर्णयमा हस्ताक्षर गरेको मुख्यमन्त्री शर्माले बताए । रोजगारीसँग जोडेर पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखिने उनले बताए ।

‘हामीले गरिबी अन्त्य गर्ने भनेका छौँ, यसका लागि पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेका छौँ’, उनले भने, ‘शिक्षा, स्वास्थ्य र रोजगार, त्यसका लागि भौतिक पूर्वाधार भनेका छौँ ।’ 

विकटलाई निकट बनाउन प्रदेश सरकारले सडक पूर्वाधारलाई प्राथमिकता दिएको पनि मुख्यमन्त्री शर्माले बताए । बर्दियाको भुरिगाउँदेखि चीनको सिमाना ताक्लाकोटसम्म जोड्ने सडक निर्माणलाई प्राथमिकता दिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्