Logo
Logo

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य


756
Shares

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य घटाएर बिहीबार नयाँ सूची नेपाल आयल निगमलाई पठाएको हो । 

जसमा पेट्रोलको मूल्य १.९७ रुपैयाँ घटेर आएको छ भने डिजेलको ६.४१ रुपैयाँ र हवाई इन्धनको ३.८८ रुपैयाँले घटेर आएको हो ।

यसअघि भारतबाट पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएर आएको थियो । नेपालमा हाल पेट्रोलको मूल्य १७८ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य १७५ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्