Logo
Logo

डिआइजीत्रयलाई दज्र्यानी चिह्न प्रदान



काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले प्रहरी नायव महानिरीक्षक (डिआइजी) पदमा पदोन्नति भएका तीन वरिष्ठ अधिकृतलाई दज्र्यानी चिह्न प्रदान गरेका छन् ।

सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकबाट डीआईजीमा बढुवा भएका अन्जनीकुमार पोख्रेल, दीपेन्द्र शाह र पुरुषोत्तम थापालाई सोमबार आइजीपी अर्यालले दज्र्यानी चिन्ह प्रदान गरेका हुन् । २० वर्षअघि पहिलो पटक सशस्त्रमा भर्ना भएको ९ जनाको टोली मध्येबाट उनीहरु डीआईजीमा बढुवा भएका हुन् ।

उक्त समारोहमा आइजीपी अर्यालले सङ्गठनमा आवद्ध भएपछि पदोन्नति महत्वपूर्ण रहने बताउँदै बढेको पदीय जिम्मेवारीलाई अझ बढी उत्तरदायीपूर्ण रुपमा व्यावसायिकताका साथ निर्वाह गर्न निर्देशन दिए ।

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले आर्थिक अनियमिततालगायत नेतृत्व गर्ने ठाउँमा थोरै मात्र गल्ती गरे पनि क्षम्य नहुने उल्लेख गर्दै समाजका सबै तहले कामको मूल्याङ्कन गर्ने भएको हुँदा सङ्गठन, पेशा र मुलुकप्रति पूर्ण निष्ठावान भइ समर्पित रहन निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्