Logo
Logo

प्रदेश १ मा राप्रपाले तत्काल सरकार नछाड्ने


945
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रदेश १ मा तत्काल सरकारबाट नबाहिरिने भएको छ । संघिय सरकारमा आएको फेरबदलसँगै संघ र प्रदेश सरकारबाट समेत बाहिरिने निर्णय गरको राप्रपा प्रदेश १ मा भने तत्काल सरकारबाट नबाहिरिने भएको हो ।

राप्रपाको शनिबार बसेको केन्द्रिय कार्यसम्पादन समिति र संसदीय दलको बैठकको निर्णय लगत्तै संघ र वागमती प्रदेश सरकारका मन्त्रीहरुले राजिनामा बुझाइसकेका छन् ।

केन्द्रको परिस्थिति जे भएपनि प्रदेश १ को परिस्थिति फरक भएकाले पार्टी भित्र छलफल गरेर मात्रै सरकारबाट छाड्ने की नछाड्ने निर्णय गर्ने राप्रपा नेताहरूले बताएका छन् । सरकारका विषयमा निर्णय गर्न राप्रपाले आज प्रदेश कमिटीको बैठक पनि बोलाएको छ ।

राप्रपाले प्रदेश १ मा कृषि तथा सहकारी मन्त्रालय पाएको छ । राप्रपाको प्रदेश १ मा ६ सीट रहेको छ । गत पुस २४ गते हिकमत कार्कीको नेतृत्वमा प्रदेश सरकार गठन भएको थियो ।

प्रदेश १ मा नेकपा एमालेको नेतृत्वमा माओवादी केन्द्र, राप्रपा र जसपा सरकारमा सहभागी छन् । नेकपा एमालेको ४० सीट रहेको छ । नेकपा माओवादी १३ सिट, राप्रपा ६ सिट रहेकोमा जसपा को १ सिट रहेको छ ।

प्रतिक्रिया दिनुहोस्