Logo

राप्रपाद्वारा कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता



सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

आज बिहीबार राप्रपा कर्णाली प्रदेशसभा सदस्य सन्तोषी शाहीले मुख्यमन्त्री राजकुमार शर्मालाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएएका हुन् ।

प्रदेशसभा सदस्य शाहीले प्रदेश प्रमुख तिलक परियारसामु माओवादीबाट मुख्यमन्त्री बनेका शर्मालाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएका छन् ।

केन्द्रमा भएको सत्ता समीकरणमा आएको फेरबदलका कारण प्रदेशमा पनि राप्रपाले समर्थन फिर्ता लिएको हो । राष्ट्रपति निर्वाचनमा माओवादी केन्द्रले नेपाली कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरे लगत्तै केन्द्र र प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिंदै सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।

माओवादी नेतृत्वको सरकारमा नरहने निती लिएको राप्रपाले कोशी प्रदेशमा भने एमाले सरकारलाई समर्थन गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्