Logo
Logo

गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य


378
Shares

पोखरा । गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य भएको छ ।

प्रदेश सरकारको सिफारिसमा गण्डकीमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस १८ गते सुरु भएको चालु अधिवेशन फागुन १८ गते राति १२ बजेबाट अन्त्य गरेका हुन् ।

फाइल तस्बिर

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जारी गरेको सूचनामा भनिएको छ,‘प्रदेश सरकार गण्डकी प्रदेश, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट प्रदेश सभाको चालु अधिवेशन ०७९ फागुन १८ गते बिहीबार राति १२ बजेटबाट अन्त्य भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ।’कामविहीन बनेपछि सरकारले हिउँदे अधिवेशन अन्त्यको घोषणा गरेको हो ।

यसैबीच प्रदेश प्रमुखले गण्डकी प्रदेशसभाबाट पारित भएका गण्डकी प्रदेश निजामति सेवाको गठन,संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तथा स्थानीय सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणित गरेका छन् ।

चालु अधिवेशनले नै यी विधेयकहरु पारित गरेको थियो । बुधबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङको सम्बोधनपछि सभा अनिश्चितकालका लागि स्थगित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्