Logo
Logo

माओवादीले यथास्थितिमा सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई विश्वासको मत नदिने



धनगढी । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलले यथास्थितिमा मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन नसक्ने जनाएको छ ।

शनिबार बसेको संसदीय दलको बैठकले कांग्रेसले संवादको वातावरण नबनाएको र मुख्यमन्त्रीमा आलोपालोको विषयमा कुनै कुराकानी नभएकाले यथास्थितिमा मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन नसक्ने स्पष्ट पारेको हो ।

बैठकले यसबारे केन्द्रीय कार्यालयलाई पत्र पठाउने निर्णय गरेको समेत माओवादीका सांसद अक्कल रावलले जानकारी दिए । मुख्यमन्त्री शाहले आइतबार विश्वासको मत लिने तयारी गरेका छन् ।

एमालेका राजेन्द्र सिंह रावललाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि ठूलो दलको हैसियतमा कांग्रेसका शाहलाई २६ माघमा प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्