Logo
Logo

डुंगा दुर्घटनामा घाइते भएकी वृद्धाको मृत्यु



पोखरा । पोखराको फेवातालमा डुंगा दुर्घटना हुँदा घाइते भएकी वृद्धा महिलाको मृत्यु भएको छ । शनिबार दिउँसो पोखरा महानगरपालिका–६ स्थित फेवातालमा डुंगा दुर्घटनामा परेकी वृद्धाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्रवनकुमार विकले जानकारी दिए ।

पोखरा–१ बगर बस्ने ७० वर्षीया याममाया गिरीको गण्डकी स्वास्थ्य प्रतिष्ठानमा उपचारको क्रममा शनिबार साँझ मृत्यु भएको हो । हावाहुरीका कारण दुई वटा डुंगा र एक जनामात्र बस्न मिल्ने चार वटा कायाक पल्टिएको थियो । जसमध्ये १० जना तालमा डुबेका थिए ।

दुईटा डुंगामा ६ जना र चार वटा कायाकमा एक÷एक जना थिए । उद्धार गरिएकामध्ये ९ जना सकुशल छन् ।

प्रतिक्रिया दिनुहोस्