Logo
Logo

एकीकृत समाजवादी झापाले जेठभित्र अधिवेशन गर्ने


504
Shares

बिर्तामोड । नेकपा एकीकृत समाजवादी पार्टीको झापा जिल्ला कमिटीको शनिबार बसेको पुर्ण बैठकले आगामी जेठभित्र पार्टीको झापा जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ ।

बैठकले जिल्ला अध्यक्ष बेदराज रेग्मीको सम्योजकत्वमा अधिबेशन आयोजक कमिटी गठन गरेको जनाइएको छ । पार्टीका केन्द्रिय उपाध्यक्ष तथा कोशी प्रदेश इन्चार्ज घनेन्द्र बस्नेतको प्रमुख आतिथ्यमा भएको बैठकले पार्टी केन्द्र र प्रदेशको निदेशनअनुसार पार्टी गठन तथा पुनर्गठन अभियान सन्चालन गर्न विभिन्न जिम्मेवारीबारे निर्णय गरेको जिल्ला प्रचार बिभाग प्रमुख तीर्थ सिग्देलले जानकारी दिए ।

उनका अनुसार जिल्लाका पाँचवटा निर्वाचन क्षेत्रमा अभियान सन्चालन गरिने भएको छ । क्षेत्र–१ मा केन्द्रिय सदस्य शारदा शर्मा, २ न मा केन्द्रिय सदस्य पुष्प पोखरेल, ३ मा जिल्ला संयोजक बेदराज रेग्मी, ४ मा केन्द्रिय सदस्य निलमणी बराल र ५ मा केन्द्रिय सदस्य इन्द्र बुढाथोकीको संयोजकत्वमा कमिटी गठन गरेको छ ।

जसमा सम्बन्धित क्षेत्रका केन्द्रिय परिषद सदस्य, प्रदेश कमिटी सदस्य र जिल्ला कमिटी सदस्य रहेको जिल्ला सचिब विपी भट्टराईले जनाए । अधिवेशन सम्पन्न गर्न १३ सदस्यीय सचिवालय गठन गरिएको र १३१ सदस्यीय जिल्ला अधिवेशन आयोजक कमिटी निर्माण गरिएको छ ।

अन्तर संठनात्मक निर्देशन अनुसारका अभियान सन्चालन गर्ने क्रममा चैतमा जिल्लास्तरीय प्रशिक्षण सन्चालन गर्ने निर्णयसमेत भएको छ । बैठकले अभियानका क्रममा विभिन्न पार्टी परित्याग गर्नेहरुलाई जिम्मेवारी प्रदान गर्दै पार्टी सदस्यता र संगठित सदस्यता नविकरणका कामलाई तीव्रता दिने भएको छ । बैठकलाई पोलिट्ब्युरो सदस्य तथा प्रदेश उपाध्यक्ष धर्म निरौला र पोलिटब्युरो सदस्य गणेश काम्बाङले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्