Logo
Logo

सुदूरपश्चिममा कांग्रेस संसदीय दलको बैठक बस्दै



धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले दलको बैठक बोलाएका छन् ।

आज १ बजे बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिने तयारीमा रहेका शाहले सोही विषयमा छलफल गर्न दलको बैठक बोलाएका हुन् ।

बैठक आज बिहान १० बजे प्रदेश संसदीय दलको कार्यालयमा बस्न लागेको कांग्रेसका प्रदेश सभा सदस्य मेघराज खड्काले बिहान जानकारी दिए । बैठकले मुख्यमन्त्री शाहले आइतबार लिने गरी तय भएको विश्वासको मतका सम्बन्धमा निर्णय हुने उनले बताए ।

सत्तारुढ गठबन्धनको प्रमुख घटक नेकपा माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीले सरकारमा आलोपालो तथा मन्त्रालय भागबन्डामा लिखित सहमति नगरेमा विश्वासको मत दिन नसकिने अडान लिएपछि मुख्यमन्त्री शाह अप्ठ्यारोमा परेका छन् ।

माघ २६ गते नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएकै कारण एमालेका राजेन्द्र सिंह रावल नेतृत्वको सरकार ढलेको थियो । रावलले विस्वासको मत नपाएपछि संविधानको धारा १६८ को उपधारा (३) अनुसार शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्