Logo
Logo

मुख्यमन्त्री शाहलाई विश्वासको मत नदिने एमालेको निर्णय



धनगडी । नेकपा एमालेले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिने निर्णय गरेको छ । आज बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री शाहको विश्वासको मत नदिने निर्णय गरेको हो ।

आज दिउँसो १ बजे बस्ने प्रदेशसभामा प्रस्तुत हुने विस्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको प्रदेशसभा सदस्य सुरेन्द्र पालले जानकारी दिए ।

यसअघि माघ २६ गते नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि एमालेका राजेन्द्र सिंह रावल नेतृत्वको सरकार ढलेको थियो । सोही दिन मुख्यमन्त्रीमा नियुक्त भएका कांग्रेस संसदीय दलका नेता समेत रहेका शाहले आज (आइतबार) विश्वासको मत लिने तयारी गरेका छन् ।

तर सत्तारुढ गठबन्धनकै प्रमुख घटक माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीले शक्ति बाँडफाँडमा लिखित सहमती मागेपछि शाह अप्ठ्यारोमा परेका छन् । माओवादी केन्द्रले मुख्यमन्त्रीमा आलोपालो र मन्त्रालय भागबन्डामा लिखित सहमती नभएको अवस्थामा विश्वासको मत नसकिने निर्णय नै गरेको छ । त्यस्तैगरी नउपाका अध्यक्ष रञ्जिता श्रेष्ठले पनि कांग्रेस नेतृतत्वको सरकारलाई विश्वासको मत दिनु अघि मन्त्रालयमा भागबन्डा मिलाउनुपर्ने सर्त अघि सारेको छ ।

प्रतिक्रिया दिनुहोस्