Logo
Logo

मुख्यमन्त्री शाहलाई नागरिक उन्मुक्तिले पनि विश्वासको मत दिने



धनगढी । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिने भएको छ । मुख्यमन्त्री शाहले प्रदेशसभाको बैठकमा अहिले विश्वासको मत लिँदैछन् ।

आइतबार बिहान बसेको नागरिक उन्मुक्तिको बैठकले विश्वासको मत दिने निर्णय गरेको संसदीय दलका नेता रामेश्वर चौधरीले जानकारी दिए । मुख्यमन्त्री शाहलाई माओवादी केन्द्रले पनि विश्वासको मत दिने निर्णय गरिसकेको छ । मुख्यमन्त्री शाहले विश्वासको मत लिने विषयमा प्रदेशसभा बैठक जारी छ ।

प्रतिक्रिया दिनुहोस्