
काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा जारी आइसीसी विश्वकप लिग–२ मा नेपालका कप्तान रोहित पौडेलले यूएईविरूद्द अर्धशतक प्रहार गरेका छन् ।
रोहितले ८३ बलमा ७ चौकासहित अर्धशतक पूरा गरेका हुन् । रोहितले आफ्नो ओडिआई करिअरको आठौं अर्धशतक प्रहार गरेका हुन् ।
रोहित ८५ बलमा ७ चौकासहित ५५ रनमा क्रिजमा छन् । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ३० ओभरमा ४ विकेट गुमाउँदै १ सय २१ रन बनाएको छ ।











