Logo
Logo
आईसीसी लिग-२ :

आज नेपाल र पीएनजी भिड्दै


1k
Shares

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपालले आज पपुवा न्युगिनी (पीएनजी) सँग खेल्दैछ । खेल आज बिहान साढे ९ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ ।

विश्वकप लिग–२ को शीर्ष ३ भित्र रहेर विश्वकप छनोटमा सिधै स्थान बनाउन नेपाललाई बाँकी रहेका दुई खेलमा शतप्रतिशत जितको नतिजा निकाल्नुपर्ने हुन्छ । सोही लक्ष्यका साथ आज नेपाल मैदान उत्रन लागेको हो ।

नेपालले सिरिजको पहिलो खेलमा पीएनजीलाई ५२ रनले हराएको थियो । आफ्नो दोस्रो खेलमा आइतबार युनाइटेड अरब इमिरेट्स (यूएई) लाई १७७ रनलेको फराकिलो अन्तरले पन्छाउँदै चौथो स्थानमा उक्लिएको छ ।

नेपाल त्रिवि क्रिकेट मैदानमा लिग–२ को पछिल्लो ६ खेलयता अपराजित छ । र, पीएनजीविरुद्ध मैदान उत्रिँदा नेपाल सोही लयलाई कायम राख्ने लक्ष्यमा हुनेछ ।

लिग–२ को शीर्ष तीनमा रहन नेपाललाई शृंखलाका दुवै खेलमा जितको आवश्यकता छ । आइतबार युएईलाई पराजित गरेसँगै एकदिवसीय मान्यता भने आगामी चार वर्षका लागि सुनिश्चित गरेको थियो ।

नेपालले विश्वकप लिग टूको अन्तिम खेल चैत २मा यूएईसँग खेल्नेछ । आज जित हात पारेसँगै अब बाँकी रहेका दुई खेलमा जित निकाले नेपालले लिग–२ को शीर्ष तीनमा स्थान बनाउँदै १० देशबीच प्रतिस्पर्धा हुने विश्वकप छनोटमा प्रतिस्पर्धा गर्न पाउनेछ ।

प्रतिक्रिया दिनुहोस्