Logo
Logo

फोनिजद्वारा तेह्र बुँदे घोषणापत्र जारी, ‘कोशी प्रदेश’ नामकरणबारे ध्यानाकर्षण



काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ‘फोनिज)ले तेह्र बुँदे घोषणापत्र जारी गरेको छ । सर्लाहीको हरिवनमा आइतबार सम्पन्न नीति तथा विधान सम्मेलनले १३ बुँदे सर्लाही घोषणापत्र जारी गरेको हो ।

शनिबारदेखि भएको सम्मेलन हरिवन घोषणापत्र जारी गर्दै फोनिजले १ न. प्रदेशलाई ‘कोशी प्रदेश’ नामकरण गरेको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मुलुक लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको कार्यान्वयनमा रहेका बेला पहिचानजन्य नाम ‘लिम्बुवान–किरात’ नाम राख्न समेत सम्मेलनले सम्बन्धित पक्षसँग जोरदार माग गरेको छ ।

‘प्रदेश १ सरकारले प्रदेश सभाबाट फागुन १७ गते सो प्रदेशलाई ‘कोशी प्रदेश’ नामकरण गरेको विषयप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’, फोनिजद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘मुलुक लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको कार्यान्वयनमा रहेका बेला पहिचानजन्य नाम ‘लिम्बुवान-किरात’ नाम राख्न यो सम्मेलनले सम्बन्धित पक्षसँग जोरदार माग गर्दछ ।’

यस्तै, सरकारले निर्माण गरेको समावेशी सञ्चार नीति अहिलेसम्म कार्यान्वयन नगरेकाले त्यसको तत्काल कार्यान्वयन गर्न, पत्रकारको क्षमता अभिबृद्धिका लागि गठनको तयारीमा रहेको आम सञ्चार प्रशिक्षण प्रतिष्ठानलाई समानुपातिक समावेशी चरित्रको आधारमा यथाशीघ्र गठन गर्न सम्मेलनले माग गरेको छ ।

त्यस्तै, तत्कालिन नेपाल पत्रकार संघका संस्थापक सत्यनारायणबहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक सभापति कायम गर्न माग गरेको छ । फोनिजले श्रमजीवी पत्रकार ऐन एवं सरकारले पत्रकारका लागि तय गरेको न्यूनतम्पारिश्रमिक तत्काल कार्यान्वयन गर्न पनि माग गरेको छ ।

यस्तै, फोनिजले सरकारी तथा नीजि सञ्चार माध्यमहरुमा पत्रकारको समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागीता सुनिश्चित गर्त पनि माग गरेको छ । घोषणपत्रमा उल्लेख छ- ‘सरकारी तथा नीजि सञ्चार माध्यमहरुमा आदिवासी जनजाति, अल्पसंख्यक, सीमान्तकृत, महिला, थारु, मधेसी, दलित, मुस्लिम, पछाडि पारिएको क्षेत्रका पत्रकारको समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागीता सुनिश्चित्गर्न यो सम्मेलन माग गर्दछ ।’

प्रतिक्रिया दिनुहोस्