Logo
Logo

नेपाललाई आठौं सफलता, सन्दीपले लिए ४ विकेट


630
Shares

काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गत आजको खेलमा नेपालले पपुवा न्युगिनी (पिएनजी) विरुद्ध आठौं सफलता हात पारेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गरेको नेपालले पीएनजीको आठौं विकेट लिएको हो । नेपालका लागि सन्दीप लामिछानेले ३० औं ओभरको पाँचौं बलमा हिला भारेलाई ७ रनमा बोल्ड आउट गरे ।

यसअघि नेपालका लागि २७ औं ओभरको चौथो बलमा कुशल मल्लले पिएनजीका नोरमान भानुआलाई शून्यमा दीपेन्द्र सिंह ऐरीको हातबाट क्याच आउट गराए ।

योसँगै सन्दीपले ४ तथा ललितनारायण राजबंशीले २ विकेट लिएका थिए भने सोमपाल कामीले १ विकेट लिएका छन् । व्यक्तिगत तेस्रो विकेट लिने क्रममा उनले १६ रन बनाएर खेलिरहेका पिएनजीका चार्ल्स अमिनीलाई आउट गरे।

त्यसअघि ललितनारायण राजबंशीले पाँचौ सफलता दिलाएका हुन् । व्यक्तिगत दोस्रो विकेट लिने क्रममा उनले २३ औं ओभरको पाँचौ बलमा राइली हिकुरे ४ रन बनाएर आउट भए ।

उसका लागि कप्तान असाद भालाले सर्वाधिक २० रन बनाए। सन्दीप लामिछानेको बलमा आउट हुनुअघि उनले ३१ बल खेल्दै २ चौका प्रहार गरेका थिए। यस्तै सेसे बाउले १८ रन बनाए। लामिछानेकै बलमा बोल्ड हुनुअघि उनले २८ बल खेलेर ३ चौका प्रहार गरेका थिए ।

सोमपाल कामीले ओपनर हिरी हिरीलाई १४ रनमा आउट गराउँदा ललित राजबंशीले अर्का ओपनर किपेलिन डोरिगालाई २ रनमा बोल्ड गरे।

प्रतिक्रिया दिनुहोस्