Logo
Logo

कांग्रेसले मुख्यमन्त्री जम्मकट्टेललाई विश्वासको मत दिने



काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई नेपाली कांग्रेसले विश्वासको मत दिने निर्णय गरेको छ ।

बुधबार काठमाडौंमा बसेको कांग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्री जम्मकट्टेललाई विश्वासको मत दिने निर्णय गरेको हो ।

कांग्रेस बागमती संसदीय समितिका सचेतक कुन्दनराज काफ्लेका अनुसार बैठकले मुख्यमन्त्री जम्मकट्टेललाई नै विश्वासको मत दिएर अघि बढ्ने निर्णय भएको हो ।

कांग्रेसकै अनिर्णयका कारण बुधबार दिउँसो बस्ने भनिएको प्रदेश सभा बैठक स्थगित भएको छ । त्यहीकारण जम्मकटेलले विश्वासको मत लिन सकेनन् ।

कांग्रेसको निर्णयपछि अब आउँदो १० गते शुक्रबार विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्