Logo
Logo

जनकपुरका वडा अध्यक्ष र सचिव घुससहित पक्राउ



जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाका वडाअध्यक्षसहित वडा सचिव घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिवासको टोलीले जनकपुरधाम-११ का वडाध्यक्ष अर्जुन चौधरी र वडा सचिव माधव रायलाई घुस रकमसहित पक्राउ गरेको हो ।

सो वडाका एक सेवाग्राहीसँग जग्गा दर्ता कायम गर्न सरजमिनका लागि भन्दै मागेको ५० हजार रुपैयाँ घुस लिदै गर्दा अख्तियारको बर्दिवासबाट खटेको टोलीले जानकी मन्दिर नजिकै रहेको रोहन होटेलबाट दुवै जनालाई रंगेहात पक्राउ गरेको हो ।

पक्राउ परेका वडा अध्यक्षा र वडा सचिव माथी थप अनुसन्धान र कारबाहीका लागि हिरासतमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्