Logo
Logo

भाेलिदेखि आइजीपी को ?



काठमाडौं । भोलिदेखि नेपाल प्रहरीमा नेतृत्व परिवर्तन हुने भएको छ । ३० वर्षे सेवा अवधिका कारण आइजीपी धीरज सिंह शुक्रबारदेखि अवकासमा जाने भएपछि नेपाल प्रहरीको नेतृत्व परिवर्तन हुने भएको हो ।

नयाँ आइजीपीका लागि सोमबार बढुवा भएका एआइजी वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य प्रतिस्पर्धामा छन् । उनीहरू पाँच जना मध्येबाटै एक जना नयाँ आइजिपी नियुक्ति हुने छन् ।

सोमबार एआइजी भएका पाँचै जना गत असारमा मात्र डिआइजी भएका थिए । एक वर्ष नपुग्दै एआइजी भएर उनीहरूमध्ये एक जना आइजिपी हुँदै छन् ।

एआइजीमा बढुवा भएपछि आइजिपी सिंहबाट बुधबार दर्ज्यानी चिह्न लगाएलगत्तै उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्