Logo
Logo

यी हुन् आईजीपी सिंहसँगै बिदा हुने प्रहरी अधिकारी



काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहसहित ९ उच्च प्रहरी अधिकारी आज संगठनबाट बिदा हुँदैछन् । ३० वर्षे सेवा अवधिका कारण आईजीपी सिंहसहित तीन एआईजी, तीन डीआईजी र दुई एसएसपी बिदा हुने भएका हुन् ।

२०४९ चैत ११ गते एकसाथ प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका आईजीपी सिंह, एआईजीहरू सहकुल थापा, उत्तमराज सुवेदी, दिवेश लोहनी, डीआईजीहरू मसाउद आलम खाँ, नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य, एसएसपी जनक पाण्डे र उमाशंकर पञ्जियार अवकासमा जान लागेका हुन् ।

उनीहरूलाई अपराह्न ४ बजे बिदाइ गर्ने तयारी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सरकारले आजै भावी आइजीपी नियुक्त गर्नेछ । त्यसका लागि अपराह्न ४ बजे मन्त्रिपरिषद बैठक बस्दैछ ।

भावी नेतृत्वका लागि ५ एआईजी प्रतिस्पर्धामा छन् । केही दिनअघि मात्रै एआईजीमा बढुवा भएका वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य प्रतिस्पर्धामा छन् । सरकारले उनीहरूमध्येबाट एक जनालाई आईजीपी बनाउने छ ।

आजै भावी नेतृत्व तय हुने भएकाले उनैलाई जिम्मेवारी हस्तान्तरण गरेर सिंह बिदा हुनेछन् । सिंह २०७९ वैशाख १८ गते आईजीपीमा बढुवा भएका थिए । उनले ११ महिना प्रहरी संगठनको नेतृत्व गरे ।

प्रतिक्रिया दिनुहोस्