Logo
Logo

‘लाजेहाङको हत्याको जिम्मा मुख्यमन्त्रीले लिनुपर्छ’



काठमाडौं । चैत्र ५ गते कोशी प्रदेश नाम विरुद्धको विराटनगरमा भएको जनप्रदर्शनमा प्रहरीको पिटाइबाट घाइते पदमबहादुर लिम्बू (लाजेहाङ)को उपचारको क्रममा मृत्यु भएको छ ।

थप उपचारको लागि हेलिकप्टरमा काठमाडौं मेडिसिटी अस्पताल लाने तयारी भइरहेको बेला सुक्रबार (१० गते राति) २ः३० बजे धारन बीपी अस्पतालमा मृत्यु भएको प्रदेश नं. १ पुन नामकरन संयुक्त संघर्ष समितिले बिज्ञप्ति प्रकाशन गरि जानकारी गराएको छ ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध लिम्बुवान भोलेन्टियर्सको केन्द्रीय सहकमाण्डर हुन् । मन्च संयुक्त संघर्ष समितिको घटक संगठन हो । कोशी प्रदेश नाम विरुद्ध चैत्र ५ गते प्रदेश नं. १ पुनः नामाङकण संयुक्त संघर्ष समितिको आयोजनामा जनप्रदर्शन भएको थियो ।

प्रदर्शनको क्रममा रोडशेस चोकमा आन्दोलनकारी र प्रहरीवीच झडप भएको थियो । प्रदर्शनकारीले सरकारले लगाएको ३ सय मिटरको निशेधित क्षेत्र तोडेर मुख्यमन्त्रीको गेट नजिक पुगेका थिए ।

सोही क्रममा प्रहरीको लाठी टाउकोमा लागेका पदमबहादुर लिम्बू (लाजेहाङ)को बाहिर समान्य निलडाम रहेको थियो । बुधबार (८ चैत्र) अपरान्ह बान्ता गर्दै बेहोस भएपछि अस्पताल भर्ना भएको थियो ।

लिम्बूको उपचारको क्रममा मृत्यु भएपछि सुक्रबार बिहान प्रदेश नं. १ पुनः नामाङकण संयुक्त संघर्ष समिति बिज्ञप्ति प्रकाशन गर्दै हत्याको जिम्मा प्रदेशको मुख्यमन्त्री हिक्मत कार्की र ८२ प्रदेश सभा सदस्य हुने उल्लेख छ ।

‘लिम्बुको हत्याको जिम्मा प्रदेश १ लाई षडयन्त्रमूलक ढङ्गले कोशी नाम राख्ने ८२ जना सांसदहरु, पार्टीहरु, मुख्यमन्त्री हिक्मत कार्की र वर्तमान प्रधानमन्त्री एवम् नेपाल प्रहरीले लिनु पर्दछ ।’ बिज्ञप्तिमा भनिएको छ, ‘लाजेहाङ लिम्बुको हत्याको अनुसन्धान गर्न छानबिन आयोग गठन गरी दोषीलाई कडा कारबाही गर्न र लाजेहाङलाई सहिद घोषणा गर्न जोडदार माग गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस्