Logo
Logo

बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले



मकवानपुर । बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले शुक्रबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै एमाले सरकारबाट बाहिरिएर सशक्त प्रतिपक्षको भूमिकामा रहने बताए ।

एमालेका मन्त्रीहरुले आजै प्रदेशसभा बैठकपश्चात मुख्यमन्त्रीसमक्ष राजीनामा बुझाउने उनले बताए । मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मतसमेत नदिने एमालेले प्रस्ट पारेको छ ।

पुस २५ गते माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेल नेतृत्वमा बागमती प्रदेश सरकारमा एमाले सहभागी भएको थियो । एमालेबाट संसदीय दलका नेता थपलिया आर्थिक मामिला तथा योजना मन्त्री, एकलाल श्रेष्ठ श्रम रोजगार तथा यातायात मन्त्री, केशवप्रसाद पोखरेल कृषि पशुपन्छी विकासमन्त्री र रामेश्वर श्रेष्ठ स्वास्थ्य मन्त्री नियुक्त भएका थिए ।
अब सरकारबाट बाहिरिएपछि एमाले प्रतिपक्षको भूमिकामा रहेर सरकारलाई रचनात्मक सुझाव र खबरदारी गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्