Logo
Logo

बागमती प्रदेश सरकारलाई समर्थन गर्ने कांग्रेसको निर्णय



मकवानपुर । नेपाली कांग्रेसले बागमती प्रदेश सरकारलाई विश्वासको मत दिने भएको छ । शुक्रबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै कांग्रेस संसदीय दलको नेता बहादुरसिंह लामाले प्रदेश सरकारलाई समर्थन दिँदै प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिने बताएका हुन् ।

कांग्रेस सरकारलाई समर्थन गर्दै देश विकास र जनताको स्तर सुधारका लागि सरकारमा सहभागी हुने उनको भनाई छ ।
नेता लामाले वर्तमान अवस्थामा बनेको सत्ता गठबन्धनले देशलाई स्थिरता तर्फ अघि बढाउने धारणा व्यक्त गर्दै देशभित्र मौलाएको भ्रष्टाचार र अराजकता राक्न वर्तमान सरकार सफल हुने बताए ।

प्रदेश सरकारको नेतृत्वमा कुनै बाहिरी शक्तिले हस्तक्षेप नगरेको भन्दै एमालेलाई अर्थहिन आरोप नलगाउन उनले चेतवनी दिए । कांग्रेसले स्पष्ट धारणाका साथ विगतमा सरकारलाई विश्वासको मत दिएको भन्दै दोहोरो चरित्र नदेखाएको उनको भनाइ छ ।
यसैबीच नेकपा एमालेले आजै बागमती प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले शुक्रबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै एमाले सरकारबाट बाहिरिएर सशक्त प्रतिपक्षको भूमिकामा रहने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्