Logo
Logo

बागमतीका मुख्यमन्त्रीले पाए विश्वासको मत



काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले विश्वासको मत प्राप्त गरेका छन् । प्रदेशसभाको शुक्रबार बसेको बैठकबाट उनले विश्वासको मत पाएका हुन् ।

विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ६७ मत खसेको थियो । प्रदेशसभाका सभामुख भुवन पाठकका अनुसार मुख्यमन्त्री जम्कट्टेलको पक्षमा उपस्थित ९१ जना सांसदहरु मध्ये ६७ जना सांसदले हस्ताक्षर गरेका हुन् ।

त्यस्तै, विश्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा १७ जना सांसदले हस्ताक्षर गरे भने ७ जना सांसदहरु तटस्थ बसका थिए ।

जम्कट्टेलको पक्षमा नेपाली कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली दलले मत जाहेर गरेका थिए ।

प्रदेशसभामा कांग्रेस ३७, माओवादी केन्द्र २१, एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली दलका २ सांसद रहेका छन् । उनको विपक्षमा नेकपा एमाले, राप्रपा र नेपाल मजदुर किसान पार्टी रहेको थियो । सदनमा एमालेको २७, राप्रपा १३ र नेमकिपाका ३ सांसद रहेका छन् । जम्कट्टेल सरकार गठन भएको ६७ औं दिनमा दोस्रो पटक सदनबाट विश्वासको मत प्राप्त गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्