Logo
Logo

एमालेका मन्त्रीले दिए बागमती सरकारबाट राजीनामा



काठमाडौं । वाग्मती प्रदेश सरकारमा सहभागी एमाले मन्त्रीहरुले राजीनामा दिएका छन् । शुक्रबारको मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनीहरुले सदनभित्रै मुख्यमन्त्रीलाई राजीनामापत्र बुझाएका हुन् ।

एमाले प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले सरकारबाट बाहिरिएको घोषणा गर्दै सशक्त प्रतिपक्षको भूमिकामा रहने बताए । प्रदेश सरकारमा ४ जना मन्त्रीसहित एमाले सहभागी भएको थियो ।

एमालेबाट संसदीय दलका नेता थपलिया आर्थिक मामिला तथा योजनामन्त्री, एकलाल श्रेष्ठ श्रम रोजगार तथा यातायातमन्त्री, केशवप्रसाद पोखरेल कृषि पशुपन्छी विकास मन्त्री र रामेश्वर श्रेष्ठ स्वास्थ्यमन्त्री नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्