Logo
Logo

रिक्त ४ एआईजीका लागि प्रतिस्पर्धामा ११ डीआईजी


11.5k
Shares

काठमाडौं । नेपाल प्रहरीमा शनिबारदेखि ४ जना अतिरिक्त महानिरीक्षक (एआईजी) पद रिक्त भएको छ । तीन जनाको अवकाश र एक जना आईजीपी बनेपछि एआईजीको चार दरबन्दी रिक्त भएको हो ।

नेपाल प्रहरीमा जनपदतर्फ ८ जना एआईजीको दरबन्दी छ । तत्कालिन आइजीपी धिरजप्रताप सिंह उमेरहदका कारण प्रहरी संगठनबाट बाहिरएसँगै सरकारले बुधबार मात्रै दज्यानी चिन्ह लगाएका एआईजी बसन्त कुँवरलाई आइजीपी नियुक्त गरेको छ ।

अन्य तीन एआईजीहरु सहकुल थापा, उत्तमराज सुवेदी र दिवेश लोहनी भने ३० वर्षे सेवाअवधिका कारण हिजो शनिबारदेखि अनिवार्य अवकाशमा गएका हुन् ।

उनीहरुसँगै तीन डीआईजी मसाउद आलम खाँ, नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य, एसएसपी जनक पाण्डे र उमाशंकर पञ्जियारले पनि अवकाश पाएका छन् ।

उनीहरु सबै आईजीपी धिरजप्रताप सिंहकै ब्याची हुन् । रिक्त ४ एआईजीका लागि ११ डीआईजी प्रतिस्पर्धामा छन् । उनीहरु हालै एआईजीमा बढुवा भएका ५ जनाकै ब्याची हुन् । वसन्त कुँवर र दीपक थापासँगै भर्ना भएका डीआईजीहरु एआईजीका प्रतिस्पर्धी हुन् ।

सँगै डीआईजीमा १७ जना बढुवा भए पनि सरकारले ५ जना एआईजीमा शीर्ष वरीयतामा रहेकालाई बढुवा गरेको छ । तेस्रो नम्बरका डीआईजी अशोक सिंहले उमेर विवादका कारण राजीनामा दिइसकेका छन् । डीआईजीमा सातौँ नम्बरमा बढुवा भएका सन्दीप भण्डारीदेखि १७ औँ नम्बरकी किरण राणासम्म एआईजीका दाबेदार छन् ।

भण्डारीसँगै सुदीप गिरी, मीरा चौधरी, टेकबहादुर तामाङ, उमेशराज जोशी, भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा एआईजीको प्रतिस्पर्धामा छन् ।

अहिले एआईजीमा बढुवा नहुनेहरु डीआईजीबाटै अवकाश हुने सम्भावना बढी छ । ३० वर्षे हटेमा भने उमेर रहनेहरु थप सेवामा हुने छन् । उनीहरु गत असार दोस्रो साता डीआईजीमा बढुवा बढुवा भएका थिए ।

प्रतिक्रिया दिनुहोस्