Logo
Logo

लुम्बिनी प्रदेश सरकार संकटमा, डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन ८ दलको माग



रुपन्देही । नयाँ राजनीतिक समीकरणसँगै लुम्बिनी प्रदेश सरकार संकटमा परेको छ । आइतबार नेकपा माओवादी केन्द्रसहितका दलहरु सरकारबाट बाहिरिपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीको पद संकटमा परेको हो ।

प्रदेश सरकारबाट बाहिरिएसँगै कांग्रेस, माओवादीसहितका ८ दलका सांसदले लुम्बिनी नेपाली कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन माग गर्दै प्रदेश प्रमुख अमिक शेरचनलाई हस्ताक्षरसहित पत्र बुझाएका छन् ।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम कांग्रेस संसदीय दलका नेता चौधरीलाई मुख्यमन्त्री बनाउन उनीहरुले पत्र बुझाएका हुन् ।

पत्रमा कांग्रेसका चौधरी, माओवादी केन्द्रका जोखबहादुर महरा, नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी, लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोषकुमार पाण्डेय, जनमतका चन्द्रकेश गुप्तालगायतका नेताहरुले हस्ताक्षर गरेका छन् ।

यस्तै, डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन गरिएको प्रस्तावाम पत्रमा जनता समाजवादी पार्टीका भण्डारीलाल अहिर, नेकपा एकीकृत समाजवादीका भगवती अधिकारी, राष्ट्रिय जनमोर्चाका तारा थापा र स्वतन्त्र सांसद खड्ग बहादुर बस्नेतले पनि हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्