Logo
Logo

चार डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस



काठमाडौं । गृह मन्त्रालयले चार जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गर्न सिफारिस गरेको छ ।

सोमबार मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले डीआईजीहरु क्रमशः सन्दीप भण्डारी, सुदिप गिरी, मिरा चौधरी र टेक बहादुर तामाङलाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको हो ।

धिरज प्रताप सिंहले महानिरीक्षकबाट अवकाश पाएसँगै उनका ब्याचीहरुले अवकाश पाएका थिए । खाली रहेको चार एआइजी पदमा सोमबार बढुवा सिफारिस गरेको हो ।

प्रतिक्रिया दिनुहोस्