Logo
Logo

मिटर ब्याज पीडितलाई मुख्यमन्त्री यादवको साथ : संयुक्तरुपमा लड्न आह्वान



जनकपुरधाम । मधेश प्रदेश सरकारले मिटर ब्याज पीडितको आन्दोलनमा आफ्नो साथ रहेको बताएका छन् ।

मुख्यमन्त्री सरोजकुमार यादवले आन (बुधबार) बिहान एक विज्ञप्ति जारी गर्दै मिटरब्याज पीडितको हरेक पाइलामा साथ रहेको बताएका हुन् । उनल लामो समयदेखि आन्दोलित मिटरब्याज पीडितलाई समस्या समाधानका लागि संयुक्तरुपमा लड्न आऋवान गरेका छन् ।

उनले मिटरब्याज मधेश प्रदेशको मात्र समस्या नभएको बताउँदै गरीब झन गरीब हुने भएको यो समस्याविरुद्ध संयुक्त रुपमा लड्न अपिलसमेत गरेका छन् । ‘गरीब झन् गरीब हुने, भएको सम्पत्तिसमेत स्वाहा हुने राष्ट्रिय समृद्धिको बाधक यो समस्याविरुद्ध संयुक्तरुपमा लड्न म मधेश प्रदेश सरकारको तर्फबाट सारा विद्वत वर्ग, चिन्तक, योजना विद्, विज्ञहरुलाई आह्वान गर्द्छु,’ उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

उनले मिटरब्याज पीडितको समस्या मधेश सरकारको पनि सरोकार र दायित्व भएको बताउँदै सरकारले आन्दोलनलाई साथ दिने बताएका छन् ।

मधेसका विभिन्न जिल्लाका मिटर ब्याज पीडितहरु बर्दिवासबाट ११ दिन पैदल हिँडेर न्यायको माग गर्दै सोमबार काठमाडौं आइपुगेका छन् । उनीहरुले मिटरब्याज मिनाहा हुनुपर्ने, तमसुक प्रथा अन्त्य हुनुपर्ने लगायत माग गर्दै आन्दोलन गरिरहेका छन् ।

मिटरब्याजबाट तराईका अधिकांस मानिसहरु पीडामा परेको भन्दै मुख्यमनत्री यादवले आफु जिम्मेवारीबाट कहिले नभाग्ने न्यायका लागि साथ लिो बताए । ‘ठूलो वेदना बोकेर काठमाडौं पुग्नुभएका मिटरब्याज पीडित हाम्रा दाजुभाइ दिदीबहिनीहरु । तपाईंको हरेक पाइलामा हाम्रो साथ छ, तपाईंको आँसुको हरेक थोपामा हाम्रो पनि सरोकार र दायित्व छ । हामी जिम्मेवारीबाट भाग्न सक्दैनौं,’ मुख्यमन्त्री यादवले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्