Logo
Logo

एसीसी प्रिमियर लिग खेल्ने नेपाली टोलीको घोषणा


2k
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले एसीसी पुरुष प्रिमियर कप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । एसियन क्रिकेट काउन्सिल (एसीसी) को आयोजनामा वैशाख ५ गतेबाट १८ गतेसम्म संचालन हुने प्रतियोगिताका लागि क्यानले आज २१ सदस्सीय टोलीको घोषणा गरेको हो ।

नेपाली टोलीमा कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, भीम सार्की, ललित राजवंशी, रोहित पौडेल, सन्दीप जोरा, मौसम ढकाल, कुशल मल्ल, आरिफ शेख, कमलसिंह ऐरी, दिपेन्द्रसिंह ऐरी, अर्जुन साउद, गुल्सन झा, देव खनाल, सूर्य तामाङ, सोमपाल कामी, किशोर महतो करण केसी र सन्दीप लामिछाने छन् ।

खेलहरु कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदान र मुलपानीमा रहेको क्रिकेट मैदानमा संचालन हुनेछ । २४ खेल हुने प्रतियोगिताको फाइनल खेल वैशाख १८ गते हुनेछ । प्रतियोगितामा १० राष्ट्रको सहभागीता रहने छ । सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ।

समूह ‘ए‘ मा आयोजक नेपालसहित मलेसिया, साउदी अरेबिया, कतार र ओमान रहेका छन् । समूह ‘बी’ मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र युएई रहेका छन्। हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।विजेता टोली एसिया कपका लागि छनोट हुनेछ । एसिया कप आगामी सेप्टेम्बरमा आयोजना हुनेछ ।

प्रतिक्रिया दिनुहोस्