Logo
Logo

आइजीपी कुँवरबाट मौलो पूजा सम्पन्न



काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरीले परम्परागत रुपमा मनाउँदै आएको
चैते दशैं अन्तर्गत आज मौलो पुजा गरेका छन् ।

आइजीपी कुँवरले प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरी गण नम्वर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा गरेका हुन् । पूजाअर्चनाको क्रममा प्रहरी महानिरीक्षक कुँवरले बली पूजा गर्नुका साथै निशानमा पञ्जा छाप समेत लगाएका थिए ।

सो क्रममा विशेष कार्य गर्ने प्रहरी नायव निरीक्षक भवानी चन्दलाई पगरी तथा नगद पुरस्कार र प्रहरी हवल्दार जितेन्द्र खाँ थारुलाई नगद पुरस्कार प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्