Logo
Logo

चार एआईजीको पदस्थापन : सीआईबीमा बज्राचार्य, मेट्रोमा श्याम



काठमाडौं । हालै बढुवा भएका नेपाल प्रहरीका चार जना अतिरिक्त महानिरीक्षक (एआईजी)को पदस्थापन भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले गतसाता बढुवा भएका ४ एआईजीलाई पदस्थापन गरेको हो ।

एआइजी श्यामलाल ज्ञवालीले उपत्यका प्रहरी कार्यालय रानीपोखरीको जिम्मा पाएका छन् । यस्तै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीमा किरण बज्राचार्य, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा टेकप्रसाद राई र प्रहरी प्रधान कार्यालयको प्रशासन विभागमा दीपक थापाको पदस्थापन भएको छ ।

सरकारले चैत ८ गते ५ जना डीआईजीलाई एआईजीमा बढुवा गरेकामा वसन्त कुँवरलाई दुई दिनपछि आईजिपी बनाएको थियो । नेपाल प्रहरीमा एआईजीका ८ दरबन्दीमध्ये रिक्त रहेका ४ वटामा पनि बढुवा सिफारिस भइसकेको छ ।

बढुवाका लागि सन्दीप भण्डारी, सुदीप गिरी, मिरा चौधरी र टेकबहादुर तामाङ सिफारिस भएका छन् । मन्त्रीपरिषदले बढुवा गरेसँगै कार्य, मानव स्रोत, अपराध अनुसन्धान र प्रदेश समन्वय विभागमा उनीहरुलाई पदस्थापन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्