काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कपमा नेपालले अग्रता लिएको छ । लाओसविरुद्धको खेलमा ८७औँ मिनेटमा मनिष डाँगीले गोल गर्दै नेपाललाई २–१ गोलको अग्राता दिलाएका हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भइरहेको खेलमा लाओसले सुरुवाती अग्रता लिएको थियो । १७ औं मिनेटमा फौथाभोङ साङभिलेले गोल गर्दै लाओसलाई अग्रता दिलाए पनि त्यसको ७ मिनेटमै नेपालले बराबरी गोल फर्काएको थियो ।
बोनपाचन बोनकोङकोको पासमा नेपाली डिफेन्डरहरु बिट भइसकेको अवस्थामा फौथाभोङले हाफ भली प्रहारमा गोल गरेका हुन् ।
तर २४ औं मिनेटमा नेपालले बराबरी गोल फर्काएको थियो । एरिक विष्टको पासमा बक्स भित्रबाट आयुश घलानको गोल गरेका थियो । खेल सकिनै लागि मनिषले गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् ।











