Logo
Logo

नेपाल बन्यो प्रधानमन्त्री त्रिदेशीय कपको च्याम्पियन


6.2k
Shares

काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि नेपालले जितेको छ । आज (शुक्रबार) साँझ भएको खेलमा नेपालले लाओसलाई २-१ गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो ।

नेपाललाई जित दिलाउनको लागि आयुष घलान र मनिष डाँगीले समान एक/एक गोल गरे । लाओसका लागि फौथाभोङ साङभिलेले  गरेको गोल सान्त्वना बन्यो । 

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा लाओसले सुरुवाती अग्रता लिएपनि त्यसलाई जोगाउन सकेन । खेलको  १७ औं मिनेटमा साङभिलेले गोल गर्दै लाओसलाई अग्रता दिलाएका थिए । तर, त्यसको ७ मिनेटमै नेपालले बराबरी गोल फर्काएको थियो ।

२४औं मिनेटमा नेपालले बराबरी गोल फर्काएको थियो । एरिक विष्टको पासमा बक्स भित्रबाट आयुषले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका थिए ।

पहिलो हाफमा कमजोर प्रर्दशन गरेको नेपाल दोस्रो हाफमा आक्रामक बनेको थियो । दोस्रो हाफमा नेपालले गोल गर्ने राम्रो अवसर पनि गुमाएको थियो । आयुषले मात्रै दुई पटक राम्रो अवसर खेर फालेका थिए ।

तर, खेल तीन मिनेट बाँकी हुँदा मनिषले गोल गर्दै नेपाललाई उपाधि दिलाए । अन्जनले दिएको पासलाई पेनाल्टी क्षेत्रभित्र नियन्त्रणमा लिँदै मनिषले गरेको शक्तिशाली लो प्रहार गोलरक्षकले बचाउन सकेनन् ।

प्रतिक्रिया दिनुहोस्