Logo
Logo

मेयरको नाममा एसईई परीक्षा दिने ज्वाई पक्राउ



जनकपुरधाम । रौतहटस्थित एक एसईई परीक्षा केन्द्रबाट नक्कली परीक्षार्थी पक्राउ परेका छन् । देवाही गोनाही नगरपालिकाका नेकपा एमालेबाट मेयर बनेका प्रेमलाल साह कानुको ठाउँमा परीक्षा दिइरहेका कमल साहलाई आइतबार प्रहरीले नियन्त्रणमा लिएको हो ।

मौलापुर नगरपालिकाको लक्ष्मिनियाँ मावि केन्द्रबाट कमललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
मेयर कानुको सिम्बल नम्बर ३५०३७२८ रहेको छ । गणित विषयको परीक्षा दिइरहेका बेला प्रवेशपत्रसहित पक्राउ परेका साहलाई रौतहट जिल्ला प्रहरी कार्यालयको हिरासत राखिएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका नक्कली परीक्षार्थी इन्जिनिरसमेत साह मेयर कानुको नातामा ज्वाइँ हुन् । उनलाई परीक्षा नियमावलीअनुसार कारबाही हुने रौतहटका प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए ।

प्रतिक्रिया दिनुहोस्