Logo
Logo

रुप ज्योतीकी छोरी पनि पक्राउ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २२ कात्तिक
हाउजीङको नाममा ठगी गरेको आरोपमा पूर्व सहायक अर्थ मन्त्री रुप ज्योतीकी छोरी सुरुची समेत पक्राउ परेकी छिन् । उनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । रुप ज्योती बिहीबार पक्राउ परेका थिए ।

उनीहरुमाथि हाउजीङका नाममा विभिन्न व्यक्तिहरूलाई ठगेको आरोप लागेको छ। ल्यान्डमार्क हाउजिङका नाममा उनले ठगी गरेका थिए । सो कम्पनीमा सुरुची समेत सञ्चालक भएकाले उनी पक्राउ परेकी हुन् ।
हाउजिङका नाममा विभिन्न व्यक्तिसँग ठगी मुद्दामा रूपज्योतिलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले २०७५ मंसिर २० मा अनुमति दिएको थियो। तर उनी त्यसविरुद्ध मंसिर २४ गते सर्वोच्च पुगेर अन्तरिम आदेश लिएका थिए। त्यसको १ वर्षपछि मंगलबार सर्वोच्चले ज्योतिका विपक्षमा फैसला सुनाएको हो। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश प्रकाश ढुंगानाको संयुक्त इजलासले रूप ज्योतिको निषेधाज्ञासम्बन्धी रिट खारेज गरिदिएको हो।

प्रतिक्रिया दिनुहोस्