Logo
Logo

ए डिभिजन लिग : जावलाखेल शीर्षस्थानमा उक्लियो


567
Shares

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा जावलाखेल युथ क्लबले जित निकालेको छ ।

आज (मंगलबार) सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा जावलाखेलले सातदोबाटो युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

जावलाखेलाई जित दिलाउन फोडे फोफनाले र साइनोस मसोआबीले समान एक÷एक गोल गरे । सातदोबाटोको लागि दीपकसिंह ठकुरीले गरेको गोल सान्त्वना बन्यो ।

खेलको ४३औँं मिनेटनमा फाफनाले पेनाल्टीमा गोल गर्दै जावलाखेललाई अग्रता दिलाएका थिए । खेलको ५०औँ मिनेटमा मसोआबीले गोल गर्दै जावलाखेलको अग्रता दोब्बर बनाए ।

खेलको ७५औँ मिनेटमा सातदोबाटोले एक गोल फर्काए । उसका लागि दीपकसिंह ठकुरीले गोल गरेका थिए । त्यसपछि दुवै टिमबाट थप गोल हुन नसक्दा खेल जावलाखेलले जित्यो ।

यो जितसँगै जावलाखेल अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ । जावलाखेलले ६ खेलबाट १३ अंक जोडेको छ । सातदोबाटो भने १२ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

अर्को खेलमा चर्च ब्वाइज युनाइटेड र न्युरोड टिम एनआरटीले २–२ को बराबरी खेलेका छ्न । खेलको २०औँ मिनेटमा आशिष चौधरी र ६२औँ मिनेटमा अनन्त तामाङले गोल गर्दै चर्च ब्वाइजलाई २–० गोलको अग्रता दिलाएका थिए ।

तर रोहन खड्गीले ७१ मिनेट र सरोज तामाङले दोस्रो हाफको इन्जुरी टाइमको चौथो मिनेटमा गोल गरकोपछि एनआरटीको हार टर्यो ।

बराबरीपछि पनि चर्च ब्वाइज दोस्रो स्थानमा उक्लिएको छ । उसको ६ खेलबाट १२ अंक भएको छ । एनआरटी भने ३ अंकसहित पुछारबाट दोस्रो १३औं स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्